Section 6
ग्राहकको मालसामान लिलाम गर्ने
ग्राहकले होटेलमा बस्दा र खाँदाको खर्च नतिरी आफनो मालसामान छोडी हिंडेमा त्यसरी हिंडेको मितिले ७ दिन पछि त्यस्ता मालसामानको विवरण र ग्राहकको पूरा नाम र वतन खोली पैंतीस दिनको म्याद दिई स्थानीय पत्रपत्रिकामा विज्ञापन गरी होटेल मालिकले सो मालसामान लिलाम बिक्री गर्न सक्नेछ र सो लिलाम बिक्री गर्दा आएको रकमबाट आफूले लिनु पर्ने रकम र लिलाम बिक्री गर्दा लागेको खर्च कटाई बाँकी बचेको रकम ग्राहकले लिन आएका बखत निजलाई बुझाई दिनु पर्छ ।